अबको पाँच दिनसम्म देशभर हुने वर्षाले प्रकोपको जोखिम, सम्बन्धित निकायलाई सतर्क रहन निर्देशन

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका पाँच दिन देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।

“आज असोज ५ गते रातीबाट असोज ९ गतेसम्म नेपालमा धेरैजसो स्थानमा पानी पर्ने सम्भावना देखिएको छ,” प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ, “उत्तरपूर्व बंगालको खाडीबाट विकसित भएको जलवायुको प्रभावले यो पाँच दिनमा देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि गरिएको छ।”

यो अवधिमा कतिपय ठाउँमा हावाहुरी र चट्याङ पर्ने सम्भावना पनि देखिएको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नंं.१, प्रदेश नं.२ र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, प्रदेश नंं.१, प्रदेश नं.२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं.५का केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

“यो वर्षातले महाडी भू-भागमा भू-क्षय र पहिरो जानसक्ने एव्म तराईमा बाढी, डुबान र कटान हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एव्म गैर-सरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा तैनाथी गरिएको छ। खोज, उद्धार र साहतमा प्रयोग हुने सामाग्रही दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ," प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सम्भावित वर्ष एव्म बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गर्ने एवं तत्काल खोज, उद्धार र राहत एव्म अन्य जानकारीको लागि राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न समेत भनेको छ।

प्रतिक्रिया दिनुहोस्