एटीएमबाट पैसा ननिस्केपछि प्रहरीमाथि अभद्र व्यवहार

भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-३ स्थित नेपाल इन्भेष्टमेन्ट बैंको एटीएमबाट पैसा ननिस्केपछि एक व्यक्तिले आक्रोशित भएर सुरक्षा गार्ड तथा प्रहरीमाथि हातपात गरेका छन्।

यसरी हातपात गर्ने भक्तपुरकै सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने पवन बन्जारा भएको र उनले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले बताएको छ।

प्रहरीमाथि अभद्र व्यवहार र गालीगलौजसमेत गरेको आरोपमा बन्जारालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बन्जाराले एटीएममा पैसा ननिस्केको भनि लात्तीले हान्न थालेपछि उनलाई रोक्न खोज्दा प्रहरी र सुरक्षा गार्डमाथि नै जाइलागेका थिए।

प्रतिक्रिया दिनुहोस्