अवैध लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौं। प्रहरीले रौतहट, सिरहा र सर्लाहीबाट ६ जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ।

रौतहटको मौलापुर नगरपालिका-३ गम्हरीयास्थित शहीद चोकबाट करिब ३ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राजदेबी नगरपालिका-७ मुडबलवा बस्ने ३० वर्षीय अरबिन्द जैसवाल र देवाही गोनाही नगरपालिका-७ उचिडिह बस्ने १९ वर्षीय वीरेन्द्र राम छन्।

ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित रङ्गेहात फेला पारी पक्राउ गरेको हो।

सिरहाको नबराजपुर गाउँपालिका-५ कुसण्डिस्थित सडकबाट नियन्त्रित लागुऔषध एकसय एमएलको ५० बोतल डाईलेक्स डिसीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय पशुपति कुमार यादव र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय ओम प्रकाश यादव रहेका छन्।

नवराजपुर वेस क्याम्पबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प २४४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो।

सर्लाहीको लालबन्दी नगरपालिका-२ जुटपानीस्थित सडकबाट नियन्त्रित लागुऔषध एकसय एमएलको १ सय ६६ सिसी विनसिरेक्स, ४ सय ५० ट्याब्लेट नाइट्राभेट र एकसय एमएलको ८७ सिसी डाइलेक्स डीसीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा हरिपुर नगरपालिका-८ जगतपुर बस्ने ३१ वर्षीय श्याम सुन्दर दास र बरहथवा नगरपालिका-४ शान्ति टोल बस्ने ३० वर्षीय अन्नत कार्की रहेका छन्।

मलंगवाबाट नवलपुर आँउदै गरेको ना.१ ह ७३१५ नम्बरको अटो ईलाका प्रहरी कार्यालय नवलपुर तथा लालबन्दीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा बोराभित्र लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक दास तथा अटोमा सवार कार्कीलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्