काठमाडौं। प्रहरीले स्याङ्जा र तनहुँबाट एकैदिन ७३ जना फरार व्यक्तिहरुलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपाट लगायतका बिभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई विभिन्न स्थानहरूबाट आइतबार पक्राउ गरेको हो ।
साथै जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो।
तनहुँमा पक्राउ परेकाहरु मध्ये बहुविवाह मुद्दामा ११ महिना १९ दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही बिगत ४ वर्षदेखि फरार रहेका भानु नगरपालिका–१३ सम्जुर बस्ने ३० वर्षीय सुरेन्द्र कुमार श्रेष्ठ छन्।
यस्तै, लागुऔषध मुद्दामा ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका–१ नहाला बस्ने किना परियार, लागुऔषध मुद्दामा ११ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका–१ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मियालाई पनि प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध मुद्दामा फरार अन्य २ जना, जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जना, दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
सबैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।