बागलुङ। गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत् उद्धार गरी पोखरा पठाइएको छ।
गलकोट नगरपालिका-११, रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत् पोखरा लगिएको छ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो।
उनको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए।
“राति शिशु जन्मिएपछि उच्च रक्तस्राव भयो, ज्यान नै जोखिममा पर्ने देखिएपछि हेलिकप्टरबाट पोखरा पुर्याइएको हो”, उनले भने।
" /> बागलुङ। गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत् उद्धार गरी पोखरा पठाइएको छ।गलकोट नगरपालिका-११, रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत् पोखरा लगिएको छ।

">