कैलाली। धनगढीको त्रिनगर नाका।
उखरमाउलो गर्मी।
गर्मीको परवाह नगरी लामबद्ध उभिएका मानिस।
नेपाल फर्कने र भारत जानेको संख्या उस्तै–उस्तै।
“विदेशी भूमिमा रोगले मर्नुभन्दा आफ्नै देशमा मर्ने भन्दै फर्किएको थिएँ,” डेढ वर्षीया छोरी च्यापेर भारत जान नाम टिपाउन लाइनमा उभिएकी मनिषा भुलले भनिन्, “गाउँमा गरिखाने उपाय नभएपछि फेरि भारत पस्नुपर्ने बाध्यता आइलाग्यो।”

श्रीमानसँग भारत जान लागेकी मनिषा गत चैतमा घर (अछाम) फर्किएकी थिइन्।
मनिषा मात्रै होइन सोही लाइनमा थिइन् कैलाली चौमालाकी मीना साउद।
डडेल्धुराबाट १० वर्षअघि श्रीमान र सासुसँगै चौमाला झरेकी उनी रोजगारीका लागि चार वर्षअघि श्रीमानसँगै भारतको गुजरात पुगिन्।
“काम राम्रै थियो। खान लाउन पुगिरहेको थियो। तर, कोरोना महामारी फैलिएपछि काम पनि बन्द भयो,” उनले सुनाइन, “बाध्य भएर नेपाल फर्कनु पर्यो।”

अहिले उनी श्रीमानसँग पुनः भारत फर्कंदै छिन्। उनको पनि भनाइ मनिषाको जस्तै छ- गाउँमा केही गरिखाने बाटो भएन।
“भारतमा पहिला काम गर्ने साहुले बोलाएका कारण पनि जान लागेका हौं,” उनले भनिन्।
भजनीकी रत्ना विक विगत २४ वर्षदेखि श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी छन्। उनलाई लाग्छ रे– अब भारत जान नपरे हुन्थ्यो।
तर, यहाँ रोजगारी नपाइएपछि बाध्यताले विदेशीनु परेको उनी बताउँछिन्।
रोजगारीका लागि भारत जाने मात्रै होइन, आउनेको पनि नाकामा उत्तिकै लाइन छ।

भारतको दिल्लीबाट दुईवटा बच्चा च्यापेर डोटी फर्कँदै गरेकी सकुन्तला नागरिकता नभएका कारण केहीबेर अल्मलिइन्।
तर, उनका श्रीमानले आफ्नो नागरिकता भएको भन्दै भरपाईमा हस्ताक्षर गरेपछि उनीहरू गाडी खोज्नतिर लागे।
कोही रोगको त्रासले नेपाल फर्कंदैछन् भने कोही भोकको त्रासले भारत जाँदै।
भारत जान त्रिनगर नाकामा भेटिएका अधिकांशको पीडा एउटै छ- सबैभन्दा ठूलो त्रास त रोगभन्दा पनि भोकको रहेछ।
भोकको त्रास खप्नु नपरोस् भनेर उनीहरू नजिकिएको चाडपर्व दसैँतिहार र कोरोना त्रास छाडेर भारत पस्दै छन्।
गत भदौदेखि असोज ४ सम्ममा भारतबाट १० हजार ७१९ जना नेपाल भित्रिएका छन्।
सोही समयमा त्योभन्दा बढी १२ हजार ८७८ जना भारत गएका छन्।
" /> कैलाली। धनगढीको त्रिनगर नाका।उखरमाउलो गर्मी।

">