काठमाडौं। बझाङको बुङगल नगरपालिका- १ तल्लोदहमा गएराति जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जेसीबीमा सवार बुङगल नगरपालिका-१ भिरगडा बस्ने २८ वर्षीय मानबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ।
जेसीबी चालक २४ वर्षीय महेश खडायत, जेसीबीमा सवार २७ वर्षीय राम बहादुर बोहरा र ५० बर्षीय प्रताप धामी गम्भीर घाइते छन्। उनीहरूलाई उपचारका लागी धनगढी लगिएको छ।
दहबगरबाट ऐसेलुबगरतर्फ जाँदै गरेको लु. १ क १२७८ नम्बरको जेसीबी गएराति साढे १२ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुङगलले जनाएको छ।
त्यस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिका-९ चौवन्नपुरमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका-९ डुमराका ४५ बर्षीय रामधनी चौधरी थारु छन्। थारु सवार लु. १० प ५९२४ नम्बरको मोटरसाइकललाई लु. १ च ५४४८ नम्बरको जिपले ठक्कर दिएको थियो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका-८ देवाधारमा गएराति सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। अन्दाजी ४५ बर्षीय पुरुषको मृत्यु भएको प्रहरी चौकी कठौनाले जनाएको छ।
नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएका पुरुषको शव पोष्टमार्टमको लागी सगरमाथा अस्पताल राजविराज पठाइएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ। प्रहरीका अनुसार दुर्घटना गराई सवारीसाधन सहित फरार भएका चालकको खोजी भइरहेको छ।
उता धनुषाको धनुषाधाम नगरपालिका- ८ मुलवारीमा गएराति मोटरसाइकलबाट खस्दा धनुषाधाम नगरपालिका- ५ की ४५ वर्षीया कोशिलादेवी दास घाइते भएकी छिन्।
त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-७ मोहनपुरमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट साइकलमा सवार स्थानीय २० वर्षीया ननिता चौधरी घाइते भएकी छिन्। उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
" /> काठमाडौं। बझाङको बुङगल नगरपालिका- १ तल्लोदहमा गएराति जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जेसीबीमा सवार बुङगल नगरपालिका-१ भिरगडा बस्ने २८ वर्षीय मानबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ।

">