काठमाडौं। भोलि रातिदेखि देशैभरका नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले भोलि रातिदेखि १० असोजसम्म सबै नदीमा बाढी आउनेतर्फ सचेत गराएको हो। विभागले यो अवधिमा नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल गरेको छ।
आज कोशी र यसका सहायक नदीमा बहाब केही बढ्ने, नारायणी ,कर्णाली, महाकाली, कमला, बागमती र सहायक नदीमा बहाव केही बढ्ने, पश्चिम राप्ती, बबई र सहायक नदीमा बहाब सामान्य घटबढ हुने महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
आज राति प्रदेश १, २, गण्डकी, प्रदेश ५ र कर्णालीका केही जिल्लाहरू भएर बहने नदीमा जल सतह बढ्ने भएपनि सतर्कता तलै हुने पूर्वानुमान छ।
भोलि कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि स-साना सहायक नदीमा आकस्मिक बहाब हुनसक्ने बताइएको छ। त्यस्तै प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, चुरे र तराईको भू-भाग भई बहने स-साना नदीमा आकस्मिक बाढी आउनसक्नेतर्फ सचेत गराइएको छ।
७ असोजमा कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
" /> काठमाडौं। भोलि रातिदेखि देशैभरका नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।जल तथा मौसम विज्ञान विभागले भोलि रातिदेखि १० असोजसम्म सबै नदीमा बाढी आउनेतर्फ सचेत गराएको हो। विभागले यो अवधिमा नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल गरेको छ।

">