सिन्धुपाल्चाेक। जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट-कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ।
दशकौंदेखि चौताराबाट काठमाडौं जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो।
उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी-देउराली खण्ड स्तरोन्नति कार्यको आइतबार शुभारम्भ भएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्तरूपमा स्तरोन्नति कार्यको शुभारम्भ गरेका हुन्।
उक्त सडकखण्ड स्तारोन्नतिको काम प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि काठमाडौंले पाएको छ।
गत असार २८ गते सम्झौता भई काम सुरु भएको यस अयोजना २०७९ असार २७ भित्र सम्पन्न गरिसक्नुपर्ने छ। आयोजनाको अनुमानित लागत खर्च ४६ करोड ७३ लाख ४२ हजार ९६६ रूपैयाँ छ। सम्झौता रकम २९ करोड ४९ लाख ५९ हजार ९८२ रूपैयाँ रहेको जनाइएको छ। रासस
" /> सिन्धुपाल्चाेक। जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट-कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ।दशकौंदेखि चौताराबाट काठमाडौं जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो।

">