भोजपुर। आजदेखि काठमाडौं-भोजपुर हवाई सेवा शुरू हुने भएको छ। कोरोना महामारीका कारण ११ चैतदेखि लागू लकडाउनसँगै बन्द भएको हवाई सेवा पुन: नियमित हुन लागेको हो।
तत्कालका लागि हप्तामा ३ दिन उडान हुने नेपाल वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासले बताए। भोजपुर-बिराटनगर उडान भने अहिले सञ्चालन नगरिने उनले जानकारी दिए।
काठमाडौंसम्मको उडानको लागि चार हजार ८०५ रूपैया निर्धारण गरिएको छ।
टक्सारस्थित विमानस्थलबाट नेपाल वायु सेवा निगमको जहाजले काठमाडौं र विराटनगरबाट उडान भर्दै आएको छ।
" /> भोजपुर। आजदेखि काठमाडौं-भोजपुर हवाई सेवा शुरू हुने भएको छ। कोरोना महामारीका कारण ११ चैतदेखि लागू लकडाउनसँगै बन्द भएको हवाई सेवा पुन: नियमित हुन लागेको हो।तत्कालका लागि हप्तामा ३ दिन उडान हुने नेपाल वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासले बताए। भोजपुर-बिराटनगर उडान भने अहिले सञ्चालन नगरिने उनले जानकारी दिए।
काठमाडौंसम्मको उडानको लागि चार हजार ८०५ रूपैया निर्धारण गरिएको छ।
टक्सारस्थित विमानस्थलबाट नेपाल वायु सेवा निगमको जहाजले काठमाडौं र विराटनगरबाट उडान भर्दै आएको छ।
">