फरार दुई अभियुक्त पक्राउ <p>काठमाडौं। झापा प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा वन पैदावर हानी नोक्सानी मुद्दाका फरार अभियुक्त जय मेचे र चोरी मुद्दाका फरार अभियुक्त ध्रुव तामाङ रहेका छन्।</p> <p>मेचेलाई जिल्ला अदालत इलामले २०७६ नौ&nbsp;लाख ९४ हजार २६० रूपैयाँ जरिवाना र तीन महीना कैद सजाय तोकेको छ। उनलाई कैद सजाय भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताए।</p> <p>जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै, चोरी मुद्दामा पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतले २०७६ फागुन ५ गते एक महीना ५ हजार रूपैयाँ सजाय तोकेथियो।</p> <p>उनलाई पनि कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ। उनी भद्रपुर नगरपालिका वडा नम्बर&ndash;१, दशरथनगरका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्