“शनिबार (हिजो) बिहान हिमाल मेरो घर आएका थिए, बढी चकचके उनले मेरो छोरा (५ वर्षीय) लाई कहाँ कहाँ डुलाउने गर्थे र त्यसपछि, घरमै गएर उनको आमालाई मेरो घरमा यस (हिमाल) लाई नपठाउनु, मेरो छोरालाई बेगार्ने भयो भनेको थिएँ, फेरि, खाना खाएर आएर डुलाउन लगेछ,” अभियुक्त गणेशको बयान उद्धृत गर्दै प्रहरी प्रवक्ता अवस्तीले भने, “खोज्दा खोज्दा १२ बजेतिर घरदेखि केही तल बाटोमा आउँदै गरेको अवस्थामा दुबैलाई भेटें, हिमाललाई घर जा भनेको थिएँ, नजाने भन्दै उल्टै जिस्किए, रिस उठेपछि ढुङ्गाले हानेर मारें।”

अभियुक्त गणेश र मृतक हिमालको घर नजिकै छ। उनीहरू छिमेकी हुन्। तर, छिमेकीबाटै छोरा मारिएपछि सेतु परिवार शोकमा डुबेको छ।

पीडित परिवारको तर्फबाट आइतबार बिहान प्रहरीमा किटानी जाहेरी परेको छ। कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेका प्रहरीले अनुसन्धानलाई थप अगाडि बढाएको छ।

थप अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार म्याद थपको अनुमति प्राप्त भएको प्रहरी निरीक्षक अवस्तीले बताए।
वडाध्यक्ष धु्रब थापाले ८/१० वर्षपछि कमाएर ल्याउन सक्ने छोराको हत्यापछि सेतु परिवारमा परेको दुःखले आफूलाई दुःखी बनाएका बताए। उनले एक मुठ्ठी माटो पनि नभएपछि गत वर्ष जनता आवास कार्यक्रममार्फत सेतु र उनका परिवारलाई भनेर एउटा घर बनाइएको बताए। जुन घर भएको जग्गा पास गर्न बाँकी छ।

“सेतुको जीवन नै दुःख हो, अत्यन्त दुःख छ”, उनले भने, “भूमिहिनलाई कस्तो दुःख होला? फेरि, कमाएर ल्याउने पतिको मृत्यु भइसकेको छ, ८/१० वर्षपछि कमाएर ल्याउने छोरा मारिए, म घटनाले दु:खी छु।”

सेतुकी एक छोरी भने बिहे गरेर गएकी छिन्। अब सेतुको परिवारमा ११ वर्षीय र ७ वर्षीय छोरासँगै ५ वर्षीया छोरी छन्।

"> पति गुमाइसकेकी सेतुले भरोसा गरेको छोरो पनि छिमेकीले मारिदिए: Dekhapadhi
पति गुमाइसकेकी सेतुले भरोसा गरेको छोरो पनि छिमेकीले मारिदिए
काठमाडौं। सेतु विक उमेरले ५० वर्ष कटिन्। उनको पर्याय भनेकै दु:ख हो। जसको नाममा एक मुठ्ठी माटो छैन। उनीसहित नाबालक तीन छोरा र एक छोरीको बसोबास भने अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटमा छ।

कमाएर ल्याउने पति पदमे विक ४/५ वर्ष अघि नै स्वर्गवासी भए। त्यसपछि, छोराछोरी पाल्ने जिम्मा सेतुकै काँधमा छ।

दैनिक बनिबुतो गर्नु उनका लागि बाध्यता छ। नगरिए पेट भरिन्न। भएका तीन छोरा र छोरी ११ वर्षदेखि मुनिका हुन्। जो बनिबुतो गर्न जान सक्ने अवस्थाका छैनन्। तैपनि, सेतुले तिनै छोराछोरीमा भरोसा गरेका छन्।

तर, भरोसा गरेकामध्येका १० वर्षीय छोरा हिमालको शनिबार क्रुरतापूर्वक हत्या भयो। उनी सेतुको माइला छोरा हुन्।

छिमेकी ४० वर्षीय गणेश सुनारले हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रवक्ता रशेमदत्त अवस्तीकाअनुसार गणेशले हिमालको हत्या गरेको स्वीकारी सकेका छन्।

“एक हातले गर्धनमा समातेर अर्को हातले ढुङ्गाले टाउमा हानेका रहेका छन्, टाउकोमा गहिरो चोट छ र कञ्चटमाथि पनि चोट देखिन्छ”, प्रहरी निरीक्षक अवस्तीले देखापढीसँग भने, “सोही चोटका कारण बालकको नाक र मुखबाट अत्याधिक रगत गएर मृत्यु हुन पुगेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।”

छोरा हिमालको हत्यापछि आमा सेतु मुर्छित अवस्थामा छन्। दुःखमाथि अर्को दुःख थपिएको छ। हाल हिमालको शव भने सदरमुकाम मंगलसेनमा राखिएको छ। जिल्ला अस्पतालमा आइतबार पोस्टमार्ट गरिने भएको छ।

आँखै अगाडि छोरा हिमालको रक्ताम्मे शव देखेकी सेतुलाई पर्नु पीर परेको छ। जब दुःख गरी हुर्काउँदै गरेको छोराको क्रुरतापूर्वक हत्या भयो।

प्रहरीले नियन्त्रणमा लिएर अभियुक्त गणेशमाथि शनिबार साँझदेखि नै अनुसन्धान थालेको छ। अनुसन्धानको क्रममा गणेशले आफ्नो छोरालाई हिमालले बिगार्न सक्ने भन्दै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

“शनिबार (हिजो) बिहान हिमाल मेरो घर आएका थिए, बढी चकचके उनले मेरो छोरा (५ वर्षीय) लाई कहाँ कहाँ डुलाउने गर्थे र त्यसपछि, घरमै गएर उनको आमालाई मेरो घरमा यस (हिमाल) लाई नपठाउनु, मेरो छोरालाई बेगार्ने भयो भनेको थिएँ, फेरि, खाना खाएर आएर डुलाउन लगेछ,” अभियुक्त गणेशको बयान उद्धृत गर्दै प्रहरी प्रवक्ता अवस्तीले भने, “खोज्दा खोज्दा १२ बजेतिर घरदेखि केही तल बाटोमा आउँदै गरेको अवस्थामा दुबैलाई भेटें, हिमाललाई घर जा भनेको थिएँ, नजाने भन्दै उल्टै जिस्किए, रिस उठेपछि ढुङ्गाले हानेर मारें।”

अभियुक्त गणेश र मृतक हिमालको घर नजिकै छ। उनीहरू छिमेकी हुन्। तर, छिमेकीबाटै छोरा मारिएपछि सेतु परिवार शोकमा डुबेको छ।

पीडित परिवारको तर्फबाट आइतबार बिहान प्रहरीमा किटानी जाहेरी परेको छ। कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेका प्रहरीले अनुसन्धानलाई थप अगाडि बढाएको छ।

थप अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार म्याद थपको अनुमति प्राप्त भएको प्रहरी निरीक्षक अवस्तीले बताए।
वडाध्यक्ष धु्रब थापाले ८/१० वर्षपछि कमाएर ल्याउन सक्ने छोराको हत्यापछि सेतु परिवारमा परेको दुःखले आफूलाई दुःखी बनाएका बताए। उनले एक मुठ्ठी माटो पनि नभएपछि गत वर्ष जनता आवास कार्यक्रममार्फत सेतु र उनका परिवारलाई भनेर एउटा घर बनाइएको बताए। जुन घर भएको जग्गा पास गर्न बाँकी छ।

“सेतुको जीवन नै दुःख हो, अत्यन्त दुःख छ”, उनले भने, “भूमिहिनलाई कस्तो दुःख होला? फेरि, कमाएर ल्याउने पतिको मृत्यु भइसकेको छ, ८/१० वर्षपछि कमाएर ल्याउने छोरा मारिए, म घटनाले दु:खी छु।”

सेतुकी एक छोरी भने बिहे गरेर गएकी छिन्। अब सेतुको परिवारमा ११ वर्षीय र ७ वर्षीय छोरासँगै ५ वर्षीया छोरी छन्।

प्रतिक्रिया दिनुहोस्