काठमाडौं। झापामा प्रतिबन्धित लागूऔषध १५८ बोतल एस्कफसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गौराहद नगरपालिका-३ का २७ वर्षीय प्रमानन्द राजवंशी र २२ वर्षीय राजेश महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले गौरादह-९ बाट उनीहरूलाई पक्राउ परेको हो। दुईजनाको साथबाट मोटरसाइकलसमेत बरामद गरिएको छ।
उनीहरूविरुद्ध अनुसन्धान तथा थप कारवाहीका लागि झापा जिल्ला अदालतमा लगि म्याद थपको अनुमति लिइएको जिल्ला प्रहरी कार्यायलका प्रवक्ता राकेश थापाले बताए।
" /> काठमाडौं। झापामा प्रतिबन्धित लागूऔषध १५८ बोतल एस्कफसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गौराहद नगरपालिका-३ का २७ वर्षीय प्रमानन्द राजवंशी र २२ वर्षीय राजेश महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले गौरादह-९ बाट उनीहरूलाई पक्राउ परेको हो। दुईजनाको साथबाट मोटरसाइकलसमेत बरामद गरिएको छ।
उनीहरूविरुद्ध अनुसन्धान तथा थप कारवाहीका लागि झापा जिल्ला अदालतमा लगि म्याद थपको अनुमति लिइएको जिल्ला प्रहरी कार्यायलका प्रवक्ता राकेश थापाले बताए।
">