काठमाडौं। अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका सशस्त्र लडाकूहरूले भीषण हमला गरेका छन्। सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरूमा उनीहरूले हमला गरेका हुन्। ती हमलाहरूमा १७ जना तालिबानी लडाकूहरु मारिएको बताइएको छ।
आज बिहान गरिएको हमलामा चारजना प्रहरी मारिएका छन्। सुनियोजितरूपमा एकै पटक ती शहरमा हमला गरिएको अधिकारीहरूले बताएका छन्।
सुहादा जिल्लाका शहरमा १० जना र खास जिल्लाको एक शहरमा अरु सातजना मारिएका बताइएको छ । उनीहरूले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए। यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका छन्।
हालैमात्र अफगान सरकार र त्यहाँका ताबिलानहरूबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरू भएको छ। वार्ता जारी नै रहेका बेला तालिबानहरूले भने आक्रमण शुरु गरेका छन्। तर पनि यस हमलाबारे तालिबानी समूहले केही प्रतिक्रिया जनाएको छैन। रासस/सिन्ह्वा
" /> काठमाडौं। अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका सशस्त्र लडाकूहरूले भीषण हमला गरेका छन्। सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् ।उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरूमा उनीहरूले हमला गरेका हुन्। ती हमलाहरूमा १७ जना तालिबानी लडाकूहरु मारिएको बताइएको छ।

">