म्याग्दी। पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरू गरिएको छ।
भिरालो पाखोमा रहेको चौरखानी पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो।
गाउँको फेदीदेखि शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
स्थानीयवासीले रोजेको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन गरेर उपयुक्त भएको सिफारिस गरेको आधारमा स्थानान्तरणका लागि जग्गा छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
उनका अनुसार पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि सरकारले एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ। अन्यत्र जग्गा नभएकाका लागि निजी जग्गा नपाए मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ।
५२ घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ। अन्य घर छोडेर बेनी, पोखरा, काठमाडौंलगायतका ठाउँमा गएर बसेका छन् । गाउँको बीचमा ठाडो चिरा परेपछि स्थानीय त्रसित भएर दिन गुजारिरहेका छन्। रासस
" /> म्याग्दी। पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरू गरिएको छ।भिरालो पाखोमा रहेको चौरखानी पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो।

">