बागलुङ। ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ।
युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरूको पहलमा संकलित राहत बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो।
बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई १९ हजार रूपैयाँका दरले किरिया खर्च र प्रतिमृतक पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए।
“पाँच सदस्य गुमाएको परिवारले ४४ हजार राहत रकम पाउनुभएको छ”, उनले भने। २२ मृतकका परिवारले कुल ६ लाख १३ हजार राहत रकम पाएका हुन्।
यस्तै घाइते दुईजनालाई १०/१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई आठ हजारका दरले राहत प्रदान गरिएको हो।
आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले चार हजार र अन्यले एक हजारका दरले राहत बुझेका थिए। बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिंहले बताए। रासस
" /> बागलुङ। ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ।युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरूको पहलमा संकलित राहत बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो।

">