नौ वर्षीय बालकको टाउकोमा प्रहार गरी हत्या
<p>काठमाडौं। अछामकाे साँफेबगर नगरपालिका-९ मा एक बालककाे हत्या भएकाे छ। स्थानीय ४० वर्षीय गणेश सुनारले ९ वर्षीय हिमाल विककाे हत्या गरेकाे प्रहरीले जनाएको छ।</p>
<p>इलाका प्रहरी कार्यालय साँफेबगरले जनाए अनुसार हत्याकाे कारण खुलेकाे छैन। कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टले हत्यामा संलग्न भनिएका सुनार पक्राउ भइसकेकाले घटनाकाे कारण चाँडै खुल्ने बताए।</p>
<p>बालककाे टाउकाे र मुखमा चाेट रहेकाे छ। मृतक बालककाे शव पाेष्टमार्टमकम लागि सदरमुकाम मंगलसेन पठाइएकाे प्रहरी निरीक्षक भट्टले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
