आफ्नै कर्चारीलाई धम्क्याएर बलात्कार गरेको आरोपमा अधिकृत पक्राउ <p>कैलाली। आफ्नै कर्मचारीलाई पटक-पटक बलात्कार गरेको आरोपमा जोशीपर गाउँपालिकाका अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>गत भदौदेखि विभिन्न डर-धम्की दिएर&nbsp;पटक-पटक आफूलाई बलात्कार गर्दै आएको पीडितले बताएकी छन्।</p> <p>पीडित महिलाले आज दिएको उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।</p> <p>उनले पक्राउ परेका उपाध्यायलाई थुनामा राखेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्