अमेरिका। गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार ब्रेन गेनः विश्व नेपाली स्वास्थ्यका लागि अवसर र चुनौती विषयक कार्यक्रम आयोजना गरिएको थियो।
उक्त भर्चुअल कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरुको सहभागिता थियो। डाः उत्तम गौलीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै ब्रेन गेन सेन्टरका कोअर्डिनेटर सन्तोष गौतमले विदेशी भूमिमा रहेका नेपालीहरुलाई कुनै न कुनै हिसाबमा नेपालसँग जोड्न ब्रेन गेन सेन्टरले पुलको भूमिका खेल्ने बताए। इमेल तथा विभिन्नमाध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका बौद्धिक नेपालीहरुसँग सम्पर्क गर्ने काम ब्रेन गेन सेन्टरले गरिरहेको उनले बताए।
सेन्टरले रिटर्नीहरुका लागि थुप्रै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको तर कोभिड–१९ का कारण ती कार्यक्रम सञ्चालन गर्ने समय केही पछाडि धकेलिने अवस्था सिर्जना भएको उनले जानकारी दिए। ‘को कहाँ हुनुहुन्छ ? उहाँहरुको विज्ञता कस्तोे छ भनेर हामी खोजी गर्छौँ । देशभित्र र बाहिरका विज्ञहरुलाई जोड्ने तथा उहाँहरुलाई प्रोत्साहन गर्ने ब्रेन गेन सेन्टरले गर्छ’ सेन्टरका कोअर्डिनेटर गौतमले भने।
एनआरएनए एनसीसी अस्ट्रेलियाका उपाध्यक्ष मन केसीले नेपालीहरु विश्वका जुनसुकै स्थानमा भए पनि नेपालभित्र अप्ठ्यारो परेको अबस्थामा सक्दो रुपमा आफ्नो अनुभव र ज्ञानलाई प्रयोग गर्न तत्पर रहेको र एनआरएनएले पनि यसका लागि सहयोग गर्ने बताएका थिए। परराष्ट्र मन्त्रालयले अघि सारेको ब्रेन गेन सेन्टर निकै उपयोगी भएको तथा यसबाट विदेशमा रहेका नेपालीहरुले सिकेको ज्ञान, सीप, प्रविधिबाट नेपालले लाभ लिन सक्नेमा उनले जोड दिए।
अफ्रिकामा कार्यरत डाः सरिता पाण्डेले त्यहाँ रहेका नेपालीहरुले आफूले आर्जन गरेको ज्ञान हाइड्रो पावर, आइटी, इन्जिनियरिङ, कृषि लगायत अधिकांश क्षेत्रमा विदेशमा प्रयोग गरेको बताइन्। आफूले अफ्रिकामा बसेर पनि नेपालका लागि थुप्रै काम गरिरहेको र आवश्यक परेको अवस्थामा थप सहयोग गर्न तत्पर रहेको पनि उनको भनाइ थियो।
नेपाल आर्युवेद डाक्टर एसोसिएसनका अध्यक्ष डाः प्रकाश ज्ञवालीले गैरआवसीय नेपालीले सिकेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा प्रयोग गर्ने व्यवस्था संविधानमा नै व्यवस्था भएको बताएका थिए। ‘नेपालीहरुले विदेशमा सिकेका कुराहरुलाई प्रयोग गरेर देशले पनि केही सिक्न सक्ने देखिन्छ। विदेशमा बसेर पनि देशका लागि केही गर्न सकिने र देशले पनि विदेशमा रहेका नेपालीहरुबाट लाभ लिन सक्ने अवस्था छ’ उनले भने।
क्लिनिकल साइक्लोजिस्ट डाः बैकुण्ठ सुवेदीले नेपालको शिक्षा भर्चुअल प्रविधिमा गइसकेकाले भर्चुअल प्रविधिबाट नै विदेशमै रहेर पनि नेपालका लागि योगदान पुर्याउन सकिने अवसर रहेको आएको बताएका थिए।
कार्यक्रममा अमेरिकन कर्नरका कोअर्डिनेटर हृदयशकुमार केसी, युकेबाट डाः पुष्पराज पन्त, कर्णाली प्रदेशबाट अनन्तराज पन्त लगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा एनआरएनए एनसीसीका पदाधिकारीहरु तथा विभिन्न देशमा रहेका बौद्धिक व्यक्तित्वको उपस्थिति थियो।
" /> अमेरिका। गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार ब्रेन गेनः विश्व नेपाली स्वास्थ्यका लागि अवसर र चुनौती विषयक कार्यक्रम आयोजना गरिएको थियो।उक्त भर्चुअल कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरुको सहभागिता थियो। डाः उत्तम गौलीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै ब्रेन गेन सेन्टरका कोअर्डिनेटर सन्तोष गौतमले विदेशी भूमिमा रहेका नेपालीहरुलाई कुनै न कुनै हिसाबमा नेपालसँग जोड्न ब्रेन गेन सेन्टरले पुलको भूमिका खेल्ने बताए। इमेल तथा विभिन्नमाध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका बौद्धिक नेपालीहरुसँग सम्पर्क गर्ने काम ब्रेन गेन सेन्टरले गरिरहेको उनले बताए।

">