लमजुङ। हिजो साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर-चामे सडकमा अवरुद्ध भएको छ। लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर-चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
बेँसीशहर नगरपालिका-६ मा सडकभन्दा करिब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरोले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालय लमजुङका सबईञ्जिनियर सुमन अधिकारीले बताए।
उनले भने, “तत्काल सडक खुलाउने सम्भावना छैन । यहाँनिर साँगुरो सडक छ, जमिन गलेको छ, सडक तल मर्स्याङदी नदीले खोतलेको छ भने माथिबाट पहिरो खस्ने गरेको छ ।’’
सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारीसाधन रोकिएका छन्। यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोले करिब २० मिटर सडक भासिएको थियो। रासस
" /> लमजुङ। हिजो साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर-चामे सडकमा अवरुद्ध भएको छ। लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर-चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो।बेँसीशहर नगरपालिका-६ मा सडकभन्दा करिब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरोले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालय लमजुङका सबईञ्जिनियर सुमन अधिकारीले बताए।

">