बलेवा। भारी वर्षासँगै आज बिहानको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
काठेखोला गाउँपालिका-५ इनारपानी र गलकोट नगरपालिका-९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो। आज बिहानदेखि पहिरोले लोकमार्गमा सवारी आवातजावत ठप्प छ।
पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।
बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकका अनुसार डोजर लगाएर काम भइरहेको र पहिरो पन्छाउन केही समय लाग्नेछ।
" /> बलेवा। भारी वर्षासँगै आज बिहानको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।काठेखोला गाउँपालिका-५ इनारपानी र गलकोट नगरपालिका-९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो। आज बिहानदेखि पहिरोले लोकमार्गमा सवारी आवातजावत ठप्प छ।

">