दाउरा झिक्न गएका बाबुछोरीलाई नारायणीले बगायाे <p>कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका-१५ भिउरानका ४५ &nbsp;वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन्।<br /> &nbsp;<br /> नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका &nbsp;जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।</p> <p>उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए। बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्