कैलालीकी पत्रकार निर्मला पहराइ मृत फेला <p>कैलाली। कैलालीस्थित रेडियोमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। घोडाघोडी नगरपालिका-५ मा पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्।</p> <p>घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको बताए। घोडाघोडी नगरपालिका-४ की २३ वर्षीया पहराइ कैलाली एफएममा कार्यरत थिइन्।</p> <p>इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए।</p> <p>तीन दिनअघि घरबाट सुख्खड जान्छु भनि हिँडेकी उनी त्यसयता सम्पर्कविहीन थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्