नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक
काठमाडाैं। नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ।

३० कात्तिकमा लिइएको २३औं परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएकाे काउन्सिलले जनाएको छ।

काउन्सिलका रजिष्टार विन्दा घिमिरेका अनुसार परीक्षामा एक हजार ६०८ परीक्षार्थी सहभागी भएकामा ८७१ मात्र उत्तीर्ण भए।

गत असारमा लिइएको २२औं परीक्षामा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

काउन्सिलले वर्षको तीनपटक नाम दर्ता परीक्षार्थी सञ्चालन गर्ने गर्दछ।

अनुत्तीर्ण परीक्षार्थीले पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिन सकिने र आगामी परीक्षा चैत महिनामा सञ्चालन हुने काउन्सिलले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्