खोप र वैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन
एपी। अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे।

उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।

बाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गर्नु भएको छ। सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताउनु भएको हो।

उनले भने, “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन।” उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्