काठमाडौं। मकवानपुर र सप्तरीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलमा ना. ६४ प ५३०६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ७६ वर्षीय पूर्णलाल श्रेष्ठको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै सप्तरीको सुरुड्गा नगरपालिका-१ तिनकुने शिशवारी चौकमा गोरुगाढामा प्रदेश २-०१-००१ ह ०४०२ नम्बरको अटो ठोक्किएर हिजो बेलुका भएको दुर्घटनामा अटोमा सवार उदयपुर त्रियुगा नगरपालिका-६ बस्ने ५५ वर्षीय पूर्णबहादुर बस्नेतको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गोरुगाढामा सवार २ जनाको सोही अस्पतालमा र अटोमा सवार अन्य ३ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ।
" /> काठमाडौं। मकवानपुर र सप्तरीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलमा ना. ६४ प ५३०६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ७६ वर्षीय पूर्णलाल श्रेष्ठको मृत्यु भएको छ।

">