बारा। कलैया उपमहानगरपालिका-१०, स्थित सडकमा भारतबाट भन्सार छली नेपाल ल्याएको करिब ४५ हजार रूपैयाँ मूल्य बराबरका विभिन्न किसिमका कस्मेटिक सामान तथा बीआर ०२२ एच १७०३ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सामान बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
साथै गत भदौ १ गतेदेखि ३१ गतेसम्म किराना सामग्री, मिनीट्रक, मोटसाइकल तथा चौपाया समेत गरी करिब ९० लाख ६१ हजार २७९ बराबरका भन्सार छलीका सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगंज बुझाइएको समेत उक्त कार्यालयले जनाएको छ।
" /> बारा। कलैया उपमहानगरपालिका-१०, स्थित सडकमा भारतबाट भन्सार छली नेपाल ल्याएको करिब ४५ हजार रूपैयाँ मूल्य बराबरका विभिन्न किसिमका कस्मेटिक सामान तथा बीआर ०२२ एच १७०३ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सामान बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

">