जबर्जस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुईजना पक्राउ <p>कास्की।&nbsp;पोखरा महानगरपालिका-६,&nbsp;हल्लनचोकबाट जबर्जस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७, मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७,&nbsp;मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेवी&nbsp;गाउँपालिका&ndash;२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी&nbsp;छन्।</p> <p>उक्त स्थानमा जबर्जस्ती चन्दा असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्लाप्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद एक लाख रूपैयाँ, चार थान मोबाइल, एक थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको एक&nbsp;थान रसिदसहित पक्राउ गरेको हो।</p> <p>उनीहरूविरुद्ध चन्दा ऐनसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्