कैलाली। सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का मिलन चन्दलाई पक्राउ गरिएको बताए।
उनलाई धनगढीकै यातायात कार्यालय नजिकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए। यसअघि प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो।
प्रहरी नायव उपरीक्षक विष्टले आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको बताए।
शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५-२० जनाको समूहले गृहका सह-सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।
" /> कैलाली। सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का मिलन चन्दलाई पक्राउ गरिएको बताए।

">