काठमाडौं। संयुक्त राष्ट्रसंघको अर्को साता हुने महासभालाई विश्वका १७३ देशका नेताहरूले सम्बोधन गर्ने भएका छन्। कोभिड-१९ विश्वव्यापी महामारीका कारण यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो।
संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अन्य ५४ जना सरकार प्रमुखहरूले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो। महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो।
प्रवक्ता ब्रेन्दन बर्माका अनुसार विश्वका १७४ जना नेताहरूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सदस्य राष्ट्रका नेताहरूले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ-आफ्नो देशको पालो अनुसार उनीहरूको सो सम्बोधन प्रस्तुत गरिने छ।
पहिलेका वर्षहरूमा करिब १०० वटा देशका प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोले सो संख्या धेरै हुन पुगेको बताइएको छ।
रासस/एएनआई
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको अर्को साता हुने महासभालाई विश्वका १७३ देशका नेताहरूले सम्बोधन गर्ने भएका छन्। कोभिड-१९ विश्वव्यापी महामारीका कारण यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो।संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अन्य ५४ जना सरकार प्रमुखहरूले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो। महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो।

">