कञ्चनपुर: धानमा फड्के कीराको प्रकोप
कञ्चनपुर।  कञ्चनपुरको तीनवटा स्थानीय तहमा धानबालीमा फड्के कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

यहाँको महाकाली, भीमदत्त र वेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।

“हामी स्थलगत अनुगमनमा निस्केका छौँ, अन्तभन्दा महाकाली नगरपालिकामा प्रकोप बढी देखिएको छ,” उनले भने।

त्यहाँ अनुगमनका क्रममा डेढ बिघामा लगाएको धानबाली प्रकोपका कारण क्षति पुगेको उनले बताए।

“सो नगरपालिकामा १० हेक्टर धानबाली प्रभावित छ”, भट्टले भने, “अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ।”

त्यसैगरी भीमदत्त नगरपालिका-२, १८ र १९ का साथै वेदकोटका केही वडामा यसको प्रकोप देखिएको ज्ञान केन्द्रले जनाएको छ।

“पाक्न लागेको, पसाउन लागेकोलगायत सबै प्रकारका धानमा प्रकोप देखिएको छ”, उनले भने, “हामीले सबै पालिकाका कृषि शाखाका कर्मचारीलाई प्रकोपबारे अनुगमन गर्न भनेका छौँ।”

किसान भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन्। महाकाली नगरपालिकाका विष्णुदत्त भट्टले आफूले लगाएको धानबालीमा पूर्णरूपमा प्रकोप देखिएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्