हेटाैंडा। सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३५५ घर आज हस्तान्तरण गर्ने भएको छ।
लाभग्राहीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरेका घरहरू आज हस्तान्तरण गर्ने कार्यक्रम तय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए।
प्रदेश सरकारले एकीकृत वस्ती विकास कार्यक्रमअन्तर्गत अतिसीमान्तकृत मुसहर समुदायका लागि एकीकृत वस्ती निर्माण गरेको हो।
वस्ती निर्माणका लागि सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। रासस
" /> हेटाैंडा। सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३५५ घर आज हस्तान्तरण गर्ने भएको छ।लाभग्राहीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

">