काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९ को निकोसेरास्थित घरमा मृत फेला परेका सम्झना अधिकारी र छोरा सुशान्तको मृत्यु धारिलो हतियार प्रहारबाट भएको खुलेको छ।

काठमाडौं मेडिकल कलेजमा गरिएको शव परीक्षणपछिको प्रतिवेदनले यस्ताे देखाएकाे हाे।

प्रतिवेदनमा ३४ वर्षीया सम्झनाको टाउकोमा गहिरो चोट देखिएको उल्लेख छ। सोही चोटका कारण उनको मृत्यु भएको भनिएको छ।

१५ वर्षीय छोरा सुशान्तको भने टाउकोसँगै घाँटीमा चोट देखिएको हो। सोही कारण उनको पनि मृत्यु भएको व्यहोरा प्रतिवेदनमा रहेको भक्तपुर प्रहरी स्रोतले जनाएको छ।

“आमा सम्झना र छोरा सुशान्तको मृत्युको कारण धारिलो हतियारका कारण परेको चोटले भन्ने शव परीक्षण प्रतिवेदनले देखायो”, भक्तपुर प्रहरी स्रोतले भन्यो, “हाम्रो प्रारम्भिक अनुसन्धानले सुदीप अधिकारीले सम्झना र सुशान्तमाथि धारिलो हतियार प्रहार गरी उनीहरूको ज्यान लिएको देखाएको छ।”

सुदीप सम्झनाका श्रीमान र सुशान्तका बुबा हुन्।

सुदीपलाई पनि घरमै मृत अवस्थामा प्रहरीले गत भदौ २६ गते फेला पारेको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले घटना पारिवारिक, आर्थिक वा सामाजिक के कारणले हुन पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइन्।

शव परीक्षण प्रतिवेदनले सम्झना र सुशान्तको भन्दा करिब २४ घण्टापछि सुदीपको मृत्यु भएको उल्लेख गरेको छ।

उनको मृत्युको कारण विष सेवनले भनिएको छ। जसअनुसार प्रहरीले शव फेला पारेको २४ घण्टा अगाडि सुदीपको र करिब ४८ घण्टा अगाडि सम्झना र सुशान्तको मृत्यु भएको प्रतिवेदनले देखाएको छ।

घटनाको सुरुआतदेखि अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार सम्झनाको शवमा सेतो खालको कपडा र छोरा सुशान्तको शवमा पहेंलो रंगको कपडा ओढाइएको अवस्थामा भदौ २६ गते बेलुका घरमै शव फेला परेको थियो।

प्रहरीले सुदीपको शव निकोसेरास्थित उनकै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा, सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र सुशान्तको शव तेस्रो तलाको कोठाको ओछ्यानमा फेला पारेको हो।

उनीहरूको शव कीरा परेको अवस्थामा फेला परेको हो। सुदीपको शव भने ताजा अवस्थामै फेला परेको थियो। मरेको अवस्थामा फेला परेको कुकुरमा पनि कीरा परेको देखिएको थियो।

“घटनाको कारण केही न केही त हुन्छ”, उनले देखापढीसँग भनिन्, “पारिवारिक, आर्थिक वा सामाजिकमध्ये के कारणले घटना भयो? हाम्रो अनुसन्धान त्यतातिर पनि केन्द्रित छ।”

सम्झनाका आफन्तले घटना अनुसन्धानको लागि जाहेरी दिएका हुन्।

कुकुर भने दोस्रो तलाको भर्‍याङ नजिक मरेको अवस्थामा भेटिएको हो। मृतकका भाइ सुनिलले सुदीपको घर आइपुग्दा सबैजना मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनका अनुसार घरको सबै तलाको ढोकामा चुकुल लगाएको थिएन। ढप्काएको अवस्थामा थियो।

हाल महानगरीय प्रहरी वृत्त थिमीमा घटनाको अनुसन्धानको लागि भन्दै जाहेरी दर्ता भएको छ। सम्झनाका आफन्तले घटना अनुसन्धानको लागि जाहेरी दिएका हुन्।

तर, घटनाको आरोपित सुदीपको पनि मृत्यु भएको छ। अपराध शास्त्रअनुसार अपराधीसँगै अपराध मरेको मान्यता राख्छ।

" /> काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९ को निकोसेरास्थित घरमा मृत फेला परेका सम्झना अधिकारी र छोरा सुशान्तको मृत्यु धारिलो हतियार प्रहारबाट भएको खुलेको छ।

"> निकोसेरा प्रकरण : सम्झना र सुशान्तको मृत्यु धारिलो हतियार प्रहारबाट, सुदीपको मृत्यु विष सेवनले: Dekhapadhi
निकोसेरा प्रकरण : सम्झना र सुशान्तको मृत्यु धारिलो हतियार प्रहारबाट, सुदीपको मृत्यु विष सेवनले

प्रतिक्रिया दिनुहोस्