वर्षौंअघि बीबीसीसँग कुरा गर्दै मकबुल फिदा हुसेन (एमएफ) ले यो सायरी सुनाएका थिए। र, सही अर्थमा उनको जिन्दगीको कथा पनि यही थियो।
एउटा पुरानो यहुदी भनाइ छ, ‘ईश्वरको बास तहसिलमा हुन्छ।’ ईश्वरका बारेमा यो कुरा साँचो होस् या नहोस्, हुसेनको कलाको सत्य भने यही हो।
हुसेनको जिन्दगीमाथि पूरै दृष्टिगत गर्दा, आँखा आकृष्ट भइहाल्छ। ती कुनै विशाल सत्य हुँदैनन्। सानातिना र नगण्य चिज हुन्छन्, जसलाई इतिहासले त किनारमा मिल्काइदिहाल्यो, तर हुसेनले भने सानो स्कुले विद्यार्थीले जसरी त्यसलाई आफ्नो खल्तीमा लिएर हिँडिरहे।
एक पटक रुसी लेखक भ्लादिमिर नबोकोभले महान् कलाकारको लक्षण बताउँदै भनेका थिए, ‘त्यो मानिसजस्तो, जो कुनै घरको नवौं तल्लाबाट झरेर अचानक दोस्रो तल्लामा रहेको एक पसलको बोर्ड देखेर सोच्छ- अरे, यसमा त भाषिक गल्ती पो छ!’
मकबुल फिदा हुसेन वास्तवमा यस्तै थिए।
कामना प्रसाद प्रसिद्ध लेखिका हुन्, उनी उर्दु भाषाप्रेमी पनि हुन्। उनले हुसेनलाई निकै नजिकबाट चिन्ने मौका पाइन्। उनीसँग सोधिएको थियो- हुसेनलाई पहिलो पटक कहाँ भेट्नुभएको थियो ? ‘सडकमा।’ उनले जवाफ दिइन्।
उनले थपिन्, ‘भारती नगरको चौबाटोमा एकजना मानिस कालो कारलाई ठेलिरहेको थियो। एकजनाचाहिँ कारमा एक्लै बसिरहेका थिए। कार स्टार्ट भइरहेको थिएन। मैले उनको छेउमा आफ्नो कार यो सोचेर रोकेँ कि, उनलाई मद्दत जरुरी छ। उनी तत्कालै मेरो कारमा आएर मसँगै बसे। जब मैले उनीतर्फ हेरेँ, मेरो मुखबाट अचानक निस्क्यो- ओ माई गड, यू आर एम एफ हुसेन !’
उनले ‘हो’ भने। त्यसपछि उनीसँग विमानस्थलमा भेट भयो। अनि त उनीसँग मेरो मित्रता सुरु भइहाल्यो।
उनलाई सायद लाग्यो होला, म उर्दु सायरीमा आफ्नो संस्कृति पस्कन माहिर छु। उनलाई पनि सायरी पढ्न खुबै मन पथ्र्यो। उनी हरेक विषयमा समकालीनता मिसाएर सायरी भनिहाल्थे। उर्दुका पुराना सायरी उनलाई निकै कण्ठ थियो।
‘भारती नगरको चौबाटोमा एकजना मानिस कालो कारलाई ठेलिरहेको थियो। एकजनाचाहिँ कारमा एक्लै बसिरहेका थिए। कार स्टार्ट भइरहेको थिएन। मैले उनको छेउमा आफ्नो कार यो सोचेर रोकेँ कि, उनलाई मद्दत जरुरी छ। उनी तत्कालै मेरो कारमा आएर मसँगै बसे। जब मैले उनीतर्फ हेरेँ, मेरो मुखबाट अचानक निस्क्यो- ओ माई गड, यू आर एम एफ हुसेन !’
हुसेन आफ्नो समयका महँगा कलाकार थिए। तर उनको उदारताका किस्सा थुप्रै छन्।
सुनिता कुमार प्रख्यात चित्रकार हुन्। र, एक समय उनी मदर टेरेसाको प्रवक्ता समेत थिइन्। उनका पति नरेश कुमार भारतको डेभिस कपको कप्तान थिए।
सुनिता भन्छिन्, ‘‘हुसेनसँग मेरो भेट दिल्लीमा आयोजित एउटा भोजमा भएको थियो। मैले उनलाई भोलिपल्ट हुन लागेको टेनिस प्रतियोगिताको फाइनल खेल हेर्ने निम्ता दिएँ। उनले मल एन्डर्सनले जित्छन् भनेर बाजी नै लगाए।’’
‘‘मैले भने विजय अमृतराजले जित्ने बताएँ। हामीबीच तय के भयो भने, जसले हार्नेछ उसले आफूले बनाएको पेन्टिङ दिनुपर्ने छ। विजयले म्याच जिते। तर हुसेनसँग मैले भन्न सकिनँ, बाचा पूरा गर्नुस् भनेर !’’
हामी ओबेरोय होटेलमा बसेका थियौं। हामी होटेलबाट बाहिर निस्कँदै गर्दा रिसेप्सनिस्टले भनिन्– तपाईंका लागि हुसेनसाहेबले एउटा प्याकेट छाडेर जानुभएको छ। मैले सोचेँ- म्याच हेरेकोमा थ्यांकयु नोट छाडेको होला !
सुनिता अगाडि भन्छिन्, ‘‘जब मैले प्याकेट खोलेँ- म आश्चर्यचकित भएँ, त्यसमा हुसेनले बनाएको घोडाको पेन्टिङ थियो। पेन्टिङ सुकेको पनि थिएन। आयल पेन्ट थियो, जुन ढिला सुक्छ। हुसेन बाजी हारेपछि रातभरि त्यो पेन्टिङ गरेर मेरो नाममा होटेलमा छाडेका थिए।’’
प्रख्यात कला समीक्षक प्रयाग शुक्ल पनि हुसेनको नजिक थिए। प्रयाग सम्झन्छन्, ८० को दशकमा भोपालमा बनेको भारत भवनमा हुसेनको पेन्टिङ राख्ने निर्णय भएको थियो। उनी भन्छन्, ‘‘स्वामिनाथनको सिफारिसमा हुसने आफ्ना केही चित्रकला ६ महिनाका लागि त्यहाँ राख्न दिन तयार भए। मलाई हुसेनका चित्र लिएर भोपाल पुर्याउने जिम्मेवारी दिइएको थियो।’’
किन लगाउनुपर्यो जुत्ता ?
हुसेनले १९६३ पछि जुत्ता लगाउन छाडिदिएका थिए। यसको पछाडि पनि एउटा कथा छ, जुन कथा उनले बीबीसीलाई बताएका थिए।
उनले भनेका थिए, ‘‘मुक्तिबोध हिन्दीका प्रख्यात कवि थिए। उनी मेरा मित्र थिए। मैले उनको एउटा चित्र पनि बनाएको थिएँ। जब उनको देहान्त भयो, तब म पनि उनको पार्थिव शरीरसँगै घाट पुगेको थिएँ। मैले त्यही समय आफ्नो चप्पल निकालेको थिएँ, किनकि म जमिनको ताप महसुस गर्न चाहन्थेँ। मेरो दिमागमा एउटा अर्को विचार आयो- त्यो समाधि थियो। यसको अर्को एक कथा पनि छ। मेरी आमाको देहान्त त्यो समय भयो, जतिखेर म केवल डेढ वर्षको थिएँ। मेरा पिताजी भन्ने गर्थे- मेरो खुट्टा मेरी माताजीको जस्तै छ। त्यसपछि मलाई लाग्यो, अब म किन जुत्ता लगाउँ ?’’
बिन्दास जिन्दगी
हुसेन बिन्दास जिन्दगी बाँचे। उनको स्वभावलाई सनकी भन्न नसकिए पनि त्यसमा एकप्रकारको आवारापन चाहिँ थियो। घरबाट दिल्ली जानका निम्ति विमानस्थल पुगेका उनी कलकत्ताको टिकट लिन्थे, उनका लागि यो कुनै ठूलो कुरा थिएन। कयौं पटक त उनी विमानस्थल पुगेर कतै नगई घरै फर्किएका थिए। उनमा बालकको जस्तै एकप्रकारको कौतूहलता थियो। हरेक चिज बुझ्ने इच्छा राख्थे।
एक पटक उनी विमानस्थलतर्फ जाँदै थिए। बीच बाटोमै चालकलाई कार रोक्न लगाए। आफ्नो ब्याग लिएर खुल्ला मैदानतिर गए, त्यहीँ ब्यागको सिरानी हालेर सुते।
एस के मिश्रा तत्कालीन प्रधानमन्त्री चन्द्र शेखरका प्रधानसचिव थिए। उनले साइप्रसमा एक होटेल खोलेका थिए, जहाँ हुसेनको चित्र प्रदर्शनीको आयोजना गरिएको थियो। त्यसको प्रमुख अतिथि राष्ट्रपति थिए।
मिश्रा सम्झन्छन्, ‘‘प्रदर्शनीको दिन आइसक्यो, तर हुसेन बेपत्ता थिए। अचानक थाहा भयो, उनी साँझसम्म आइपुग्दै छन्। म उनलाई लिन विमानस्थल पुगेँ। उनी रित्तो हात आएका थिए। मैले सोधेँ- पेन्टिङ खै त? उनले अर्को उडानमा त्यो आउने बताए। त्यो अन्तिम उडान थियो। हुसेनले मसँग खाना खान जाउँ भने। मैले उनको प्रस्ताव इन्कार गरिदिएँ। मलाई रिस उठिरहेको थियो। रित्तो हात आउनुको सट्टा त आफूलाई हार्टएट्याक भएको बहाना बनाएको भए हुन्थ्यो नि! अब म राष्ट्रपतिसामु कसरी मुख देखाउँ ?’’
भोलिपल्ट हुसेन मिश्राको कोठामा गए। हलतिर जाउँ भने। मिश्राले भने, ‘‘बेकारमा तपाईं मेरो समय किन नष्ट गदै हुनुहुन्छ ? यति भने पनि म उनीसँगै हलतिर गएँ। त्यहाँ त सर्वत्र पेन्टिङ झुन्डिरहेका थिए! कतिपय पेन्टिङबाट रङ चुहिरहेका थिए। हुसेनले रातभरि नसुतेरै ती पेन्टिङ बनाएका थिए।’’
हुसेनलाई यो कुराले निकै घोच्यो। धेरै वर्षसम्म यसले चिमोटिह्यो। राममनोहरको निधनपश्चात् हुसेनले बदरी विशालको मोतीभवन रामायणका करिब डेढ सय पेन्टिङले भरिदिए। सन् २००५ मा हिन्दु कट्टरपन्थीले उनको पेन्टिङ तोडफोड गरिदिए। ज्यान लिने धम्की दिए, सोही कारण उनले भारत छोड्नुपर्यो। त्यसपछि उनी फर्किएर भारत गएनन्।
बिहारमा छठ पर्व धुमधामसँग मनाइन्छ। त्यो बेला ठेकुवा बनाइन्छ। ठेकुवा पिठो, घिउ र सख्खरबाट बन्छ। कामना प्रसाद ठेकुवा हुसेनलाई खुबै मन पर्ने सम्झन्छन्। उनी भन्छन्, ‘‘उनलाई ठेकुवा खुब मन पथ्र्यो, तर त्यसको नाम भने बिर्सन्थे। बिहारी डोनट भन्थे। चियामा डुबाएर ठेकुवा खान्थे।’’
राम मनोहर लोहियासँग पनि उनको गहिरो मित्रता थियो। उनका निम्ति पनि हुसेनले पेन्टिङ बनाएका थिए। एक दिन राममनोहरले भने, ‘‘तिमी टाटा र बिरलाको ड्रइङ रुममा राख्ने चित्रमात्रै बनाउँछौ, त्यसबाट बाहिर निस्क। रामायण पेन्टिङ गर।’’
हुसेनलाई यो कुराले निकै घोच्यो। धेरै वर्षसम्म यसले चिमोटिह्यो। राममनोहरको निधनपश्चात् हुसेनले बदरी विशालको मोतीभवन रामायणका करिब डेढ सय पेन्टिङले भरिदिए।
सन् २००५ मा हिन्दु कट्टरपन्थीले उनको पेन्टिङ तोडफोड गरिदिए। ज्यान लिने धम्की दिए, सोही कारण उनले भारत छोड्नुपर्यो। त्यसपछि उनी फर्किएर भारत गएनन्।
बीबीसीले उनीसँग प्रश्न गरेको थियो, ‘‘के सोचेर तपाईंले हिन्दु देवीहरुको न्युड पेन्ट गर्नुभयो ?’’
उनले जवाफ दिए, ‘‘यसको उत्तर अजन्ता तथा महाबलीपुरमको मन्दिरमा छ। यस विषयमा सुप्रिम कोर्टले जे फैसला सुनाएको छ, त्यो पढ्नुस्। म केवल कलाको उत्तर दिन सक्छु र कला सार्वभौम छ। नटराजको जुन छवि छ, त्यो केवल भारतका लागि होइन, सारा दुनियाँको लागि हो। महाभारत केवल सन्तसाधुहरुका निम्ति लेखिएको होइन। त्यसमाथि पूरै संसारको हक छ।’’
(बीबीसी)
" /> ‘यो कुरा जानेँ कि, म केही पनि जान्दिनँवर्षौंअघि बीबीसीसँग कुरा गर्दै मकबुल फिदा हुसेन (एमएफ) ले यो सायरी सुनाएका थिए। र, सही अर्थमा उनको जिन्दगीको कथा पनि यही थियो।

">