काठमाडाैं। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन्।
सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताइन्।
उनले आगामी दिनमा समेत मन्त्री मरहुक्कीलगायत ओमान सरकारसँग पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि अनुरोध गरेकाे मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ।
ओमानी सम्पदामन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले गत डिसेम्बरमा भएको सङ्ग्रहालयसम्बन्धी सम्झौताबारे प्रसन्नता व्यक्त गर्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने बताए।
उनले ओमानको पर्यटन प्रवर्द्धनमा नेपाली जनशक्तिको विशेषगरी आतिथ्यताका क्षेत्रमा राम्रो योगदान रहेको पनि उल्लेख गरे। रासस
" /> काठमाडाैं। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन्।सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताइन्।

">