डाेल्पा। चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन सकेकाे छैन।

जसकारण सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ।

उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताए।

“एक वर्षदेखि कत्ति पनि चामल पठाउन सकिएको छैन। त्यहाँको उत्पादनले पुग्दैन, यहाँबाट नपठाउँदा खाद्यान्न अभाव हुन्छ”, उनले भने।

उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तिन्जेमा बिक्री केन्द्र राखेको छ।

दुवै डिपोबाट तीन हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ। त्यहीँबाट स्थानीयवासीले खरिद गर्दै आएका थिए तर एक वर्षदेखि भने दुवै बिक्री केन्द्र रित्ता छन्।

गत वर्ष उपल्लो डोल्पाका बासिन्दाले हिँडेरै सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए।

यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे-फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी तुन्डुप गुरुङले बताए।

“कोरोनाका कारण आवतजावत रोकिएकाले उपल्लो डोल्पावासी बाहिर निस्किन सकेका छैनन्। सरकारले पनि चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ”, उनले भने, ‘धेरै ढिलो भइसक्यो । अब हवाईमार्गबाट ढुवानी गर्नुपर्छ । तत्काल ढुवानी भएन भने उपल्लो डोल्पाका बासिन्दाले भोकै बस्नुपर्ने अवस्था आउँछ।”

उपल्लो डोल्पाका लागि काठमाडौंबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गरिँदै आएको थियो। कोरोनाका कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन।

चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गर्थ्याे । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन।

डोल्पोबुद्ध, शे-फोक्सुन्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा तीन स्थानीय तह छन्।

अझ माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि सरकारी अनुदानको चामल पाएका छैनन्।

तिन्जे बिक्री केन्द्रबाट गाउँपालिकाका नागरिकले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुवानीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नपाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताए।

डोल्पा सदरमुकाम र आसपासका बिक्री केन्द्रमा चामल थन्किएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख पाण्डेका अनुसार सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात छ।

गत आर्थिक वर्षमा ढुवानी हुन नसकेपछि यस आर्थिक वर्षका लागि त ठेक्का पनि भएको छैन।

उपल्लो डोल्पामा असोजदेखि हिमपात हुन्छ। त्यसपछि हवाईमार्गबाट पनि ढुवानी गर्न सकिँदैन।

यो महिनाभित्रै ढुवानी गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। “असोजमा हिमपातले समस्या हुने भएकाले यो महिनामै चामल ढुवानी गर्न पहल गरिरहेका छौँ”, उनले भने। रासस

" /> डाेल्पा। चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन सकेकाे छैन।

"> चीनले अनुमति नदिँदा उपल्लाे डोल्पामा एक वर्षदेखि चामल ढुवानी ठप्प: Dekhapadhi
चीनले अनुमति नदिँदा उपल्लाे डोल्पामा एक वर्षदेखि चामल ढुवानी ठप्प

प्रतिक्रिया दिनुहोस्