लागुऔषध गाँजासहित ४ जना पक्राउ <p>तनहुँ।&nbsp;आबुखैरनी गाउँपालिका-४ बाट ३ किलो २ सय ४० ग्राम अवैध लागुऔषध गाँजा सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका-८ बस्ने ३९ वर्षीय सुरज विश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय किशोर रहेका छन्।</p> <p>ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा गाँजा सहित फेला पारी पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्