ललितपुरबाट १ हजारका ४ सय ६५ थान नक्कली नोट बरामद

ललितपुर। ललितपुर महानगरपालिका-१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बरामद भएको छ।

सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो।

बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट राखेको फेला परेको छ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्