साढे आठ लाखको धनमाल चोरी
<p>ललितपुर। ललितपुर महानगरपालिका-१७, ग्वार्कोस्थित कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका विभिन्न गहना तथा नगद ३० हजार रूपैयाँ समेत गरी करिब ८ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ। </p>
<p>चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
