भूकम्पले दुई घर भत्किए
<p>काठमाडौं। हिजो बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू रहेको ६ म्याग्‍निच्युडको भूकम्पका कारण धनकुटा र पवर्तमा एक/एक घर भत्किएका छन्। </p>
<p>घर भत्किँदा ४५ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।</p>
<p>धनकुटा नगरपालिका-२ पैदले बस्ने पृथसिंह दाहालको कच्ची घर भूकम्पको कारण भत्किएको छ। त्यहाँ अन्नपात, लत्ताकपडा र काठहरू गरी करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। </p>
<p>त्यस्तै पर्वतको कुश्मा नगरपालिका-१ पाङ बस्ने नारायण सुवेदीको कच्ची घरको पछाडिको भित्ता छानोसहित भत्किएर करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
