काठमाडौं । “सर, नमस्ते ! मान्छे हरायो, खोजी गरी दिनुपर्यो।”
याे भदौ २५ गते एक युवकले इलाका प्रहरी कार्यालय गैंडाकोटमा गरेको मौखिक उजुरी हो।
त्यसपछि, प्रहरी निरीक्षक चन्द्र थापाले ती युवकलाई सोधे- को हराएको, कहिले?
युवकले भने- ६ महिना अगाडि हो, धनबहादुर सुगुरपाक।
मौखिक उजुरी दिने ती युवकको अनुहारमा न पीडा भाव झल्कियो, न कुनै चिन्ता। अनुहारिक हाउभाउ पनि सामान्य छ। ‘आए आँप, गए झटारो’ जस्तो अवस्थामा युवकलाई प्रहरी निरीक्षक थापाले देखे।
र, प्रहरी निरीक्षक थापालाई खड्कियो, “मान्छे हराएको एक-दुई दिनमै थाहा हुन्छ, प्रहरीमा खोजतलासको लागि निवेदन आउँछ, आफ्नो मान्छे हराएको पीडा आफन्तलाई असह्य हुन्छ, कसरी ६ महिनापछि मात्रै यी युवक भन्न आए? फेरि, मौखिक उजुरी दिने यी युवकको अनुहारमा किन चिन्ता झल्किन्नँ ? किन औपचारिकता निभाउन आए जस्तो मात्रै देखिन्छ?”
त्यसपछि थापालाई पक्कै केही न केही गड्बड छ भन्ने शंका भयो। फेरि ती युवक मौखिक उजुरी दिएर फर्किँदै गर्दा ‘प्रहरीले उजुरी लिँदैन होला भनेर ६ महिना भनेको, हराएको त एक वर्ष नाघ्यो’ भनेको प्रहरी निरीक्षक थापाले देखापढीसँग बताए।
मौखिक उजुरी दिने ती युवक हराएको भनिएका धनबहादुरको आफन्त पनि थिएनन्। उनको पहिचान प्रहरीले गोप्य राखेको छ।
यसरी धनबहादुर हराएको अवधि झन् बढेपछि प्रहरीलाई थप शंका भयो। हुन त अपराध अनुसन्धानमा शंकालाई सत्यसम्म पुग्ने आधार मानिन्छ। अपराध अनुसन्धानको सुरुआत नै शंकाबाटै हुन्छ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१८, हुर्चिलका धनबहादुर सुगुरपाक हराएको घटनाबारे पनि प्रहरीलाई शंका नै शंका भयो। र, हराएको भनिएका धनबहादुरकी ३८ वर्षीया श्रीमती फूलमायाँलाई प्रहरीले सोधपुछका लागि भदाै २९ मा नियन्त्रणमा लियो।
७/८ घण्टासम्मकाे सोधपुछपछि मात्रै प्रहरीसँग श्रीमान धनबहादुरको हत्या गरेको स्वीकारेको प्रहरी निरीक्षक थापाले बताए।
धनबहादुर हराएको अवधि झन् बढेपछि प्रहरीलाई थप शंका भयो। हुन त अपराध अनुसन्धानमा शंकालाई सत्यसम्म पुग्ने आधार मानिन्छ। अपराध अनुसन्धानको सुरुआत नै शंकाबाटै हुन्छ।
“शंका लागेर नियन्त्रणमा लिएर ७/८ घण्टासम्म निरन्तर सोधपुछ गर्यौं, अन्ततः उनले हत्या गरिएको स्वीकारिन्”, थापाले भने, “र, घटनामा ४० वर्षीय मेखबहादुर सुनारी मगरको पनि संलग्नता रहेको बताइन्।”
फूलमायाँले भने अनुसार मेखबहादुरलाई प्रहरीले नियन्त्रणमा लियो। त्यसपछि दुवैजनासँग थप सोधपुछ गर्ने क्रममा धनबहादुरको हत्या दुवैजना मिलेर गरेको र शव सुन्दरी सामुदायिक वनमा गाडिएको भनिएको थापाले बताए।
सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनबहादुरको शव गाडिएको भन्ने ठाउँमा उत्खनन गर्ने क्रममा मानव कंकाल फेला पारेको छ। उक्त कंकाल धनबहादुरकै हो कि होइन भन्ने यकिन हुन बाँकी रहेको थापाकाे भनाइ छ।
अहिले दुवैजनाविरुद्ध जिल्ला अदालत नवलपुरमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता छ।
प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक थापाले फूलमायाँ र मेखबहादुरको बयान उद्धृत गर्दै भने अनुसार धनबहादुर सुगुरपाक दुबईमा थिए। घरमा खर्च पठाउँथे। तर, अस्वाभाविकरूपमा फूलमायाँ खर्च माग्थिन्।
जतिबेला यता गाउँमा फूलमायाँ र मेखबहादुर सुनारी मगरबीच ‘हिमचिम’ बढिसकेको थियो। र, अढाई वर्षको बसाइँपछि धनबहादुर २०७५ माघमा घर आए।
प्रहरी टोलीले धनबहादुरको शव गाडिएको भन्ने ठाउँमा उत्खनन गर्ने क्रममा मानव कंकाल फेला पारेको छ।
एकान दुकान हुँदै उनको कानमा श्रीमती फूलमायाँ र मेखबहादुर सम्बन्धको कुरा पर्यो। गाउँमा फूलमायाँ-मेखबहादुर सम्बन्धबारे चर्चा बढी नै भएको थाहा पाए।
जुन कुराले धनबहादुरलाई असह्य भयो। र, सोही विषयलाई लिएर धनबहादुर र फूलमायाँबीच झगडा हुन थाल्यो। कहिलेकाहीँ त धनबहादुर फूलमायाँमाथि कुटपिट पनि गर्थे।
र, एकदिन धनबहादुरले दुवैजनालाई मार्ने धम्की दिए।
यही धम्कीपछि फूलमायाँले उल्टै धनबहादुरलाई मार्ने योजना बनाइन्। योजनालाई सफल बनाउन उनले मेखबहादुरलाई सहयोग लिन चाहिन्। र, दुवैजना मिलेर धनबहादुर हत्याको योजना बनाए।
३-४ पटक “ल आउनू, माराैं” भनेर फूलमायाँले मेखबहादुरलाई बोलाएको पनि अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक थापाले बताए।
“म तर्किन खोजें, अन्तिम अवस्थामा आएर म तर्किन सक्ने अवस्था भएन र साह्रै प्रेसर आयो,” मेघबहादुरले बयानमा भनेको थापाको भनाइ छ।
उनीहरूले २०७६ असार १९ गते राति ११ बजे धनबहादुरको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ।
फूलमायाँ र मेखबहादुरको घर पैदल करिब आधा घण्टाको दूरीमा छ। धनबहादुर हत्याको दिन फूलमायाँ आधा बाटोसम्म मेखबहादुरलाई लिन गएको प्रहरीले जनाएको छ।
एकदिन धनबहादुरले दुवैजनालाई मार्ने धम्की दिए। यही धम्कीपछि फूलमायाँले उल्टै धनबहादुरलाई मार्ने योजना बनाइन्। योजनालाई सफल बनाउन उनले मेखबहादुरलाई सहयोग लिन चाहिन्। र, दुवैजना मिलेर धनबहादुर हत्याको योजना बनाए।
फूलमायाँ घरसम्म नजानुको कारण मेखबहादुरको श्रीमती र छोराछोरी भएकोले हो। फोनमार्फत् बोलाएर मेखबहादुरलाई फूलमायाँले घरमा ल्याइन्। त्यसबेला मेखबहादुरले ह्याम्मर पनि ल्याएका थिए।
फूलमायाँको बयान उद्धृत गर्दै प्रहरी निरीक्षक थापाले उल्लेख गरेअनुसार फूलमायाँ र मेखबहादुर घर आइपुग्दा धनबहादुर ओछ्यानमा मस्त निद्रामा थिए। भित्री वस्त्र मात्रै लगाएर सुतेका धनबहादुरको गुप्तांगमा मेखबहादुरले जोडले प्रहार गरे।
आवाज पनि ननिकाली धनबहादुर मुर्छा परे। लगत्तै घाँटीमा डोरीले कसेर हत्या गरेकाे प्रहरीकाे भनाइ छ।
त्यसपछि डोकोमा शव हालेर मेखबहादुर जंगलतर्फ लागे। पछाडि-पछाडि फूलमायाँ कोदाली बोकेर हिँडिन्।
आधा बाटोसम्म फूलमायाँ र मेघबहादुर सँगै गए। फूलमायाँ आधा बाटोमै रोकिइन्। मेघबहादुर शव बोकेर सुन्दरी सामुदायिक वनतिर लागे। त्यहाँ शव व्यवस्थापन गरेर मेखबहादुरसँगै फूलमायाँ फर्किइन्।
यसरी हत्यापछि शव व्यवस्थापन गरेको लामो समयसम्म पनि आमाबुबादेखि आफन्त र गाउँलेहरू कसैलाई धनबहादुरको हत्याबारे थाहा भएन।

गाउँलेले कहिलेकाँही “धनबहादुर कहाँ गए” भनेर सोध्दा फूलमायाँले “भारततिर काम गर्न गएका छन्।” भनेर टार्ने गरेको पाइएको प्रहरी निरीक्षक थापाले बताए।
जुन भनाइलाई विश्वास गरेर धनबहादुरका बुबाआमादेखि आफन्तहरूले थप खोजीनीति गरेनन्।
प्रहरी निरीक्षक थापा धनबहादुरको हत्यालाई व्यवस्थित ढङ्गको पूर्व तयारी अनुसार भएको मान्छन्।
“फूलमायाँ र मेखबहादुरले धनबहादुरको हत्या गर्ने बारे राम्रो पूर्व तयारी गरेको देखिन्छ,” उनले भने, “रगत ननिकाली हत्या गर्न सक्नु र हत्या गर्दा रगत निस्किनु हुँदैन भन्ने चेत देखिन्छ, यो ‘अपराधिक ज्ञान’ हो।”
" /> काठमाडौं । “सर, नमस्ते ! मान्छे हरायो, खोजी गरी दिनुपर्यो।”याे भदौ २५ गते एक युवकले इलाका प्रहरी कार्यालय गैंडाकोटमा गरेको मौखिक उजुरी हो।

">