काठमाडौं। सरकारले यो वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ। विगतको संकाय प्रणालीको व्यवस्थालाई हटाउँदैं कक्षा १२ सम्म विद्यालय तह अनुसार नै पठनपाठन गर्नेगरी व्यवस्था गरेको हो।
तर, निजी विद्यालयहरू भने यसमा सहमत देखिएका छैनन्। उनीहरूले त पुरानै पाठ्यक्रम अनुसार भर्ना समेत आह्वान गरिसकेका छन्। यसले विद्यार्थीहरू अन्योलमा परेका छन्।
शिक्षा मन्त्रालय, निजी विद्यालयका संगठनहरू तथा अन्य सरोकारवाला निकायबीचको विवादका कारण विद्यार्थी र अभिभावकमा अन्योल थपिएको हो। जसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरेका चार लाख ७२ हजार ७८ जना विद्यार्थी समस्यामा परेका छन्। निजी मात्र नभएर सरकारी विद्यालयअन्तर्गतका विगतमा प्लस-२ अध्यापन गराउँदैं आएका शिक्षण संस्थाहरू पनि के गर्ने अन्योलमा छन्।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशब दाहालले विद्यालयहरूले पुरानै पाठ्यक्रम अनुसार भर्ना लिइरहेको भए स्थानीय तहमा उजुरी गर्न आग्रह गरेका छन्। नयाँ पाठ्यक्रम लागू भए/नभएकोबारे स्थानीय तहले अनुगमन गर्ने भन्दै त्यस्तो पाइएको खण्डमा कारबाही गर्न समेत अनुरोध गरे।
काठमाडौंको कालिमाटीमा बस्दै आएका बुटवलका प्रकाश रिजालको एसईईमा ३.७ जीपीआए आयो। उनी विज्ञान विषय पढ्ने सोचमा छन्। त्यसका लागि धेरै स्कूलहरूसँग बुझिरहेका छन्। तर, उनलाई कुन स्कूलमा पढ्ने भन्दा पनि नयाँ पाठ्यक्रम लागू हुने वा पुरानै पाठ्यक्रम अनुसार पढाई हुने हो, त्यसमा चिन्तित देखिएका छन्।
“सरकार जसरी पनि लागू हुन्छ भनिरहेको छ। तर, जुन स्कूलमा बुझ्न जाँदा पनि पुरानै संकाय प्रणाली अनुसार पढाई हुन्छ भनिरहेका छन्। अब कसरी अगाडि बढ्ने अन्योलमा छुँ।” रिजालले भने।
त्यस्तै बानेश्वरमा बस्दै आएका झापाकी अस्मिता हुमागाईं पनि यस्तै अन्योलमा छिन्। “पाठ्यक्रमका विषयमा के-के कुराहरू रहेको छ। त्यसैले मैले अहिलेसम्म भर्नाका लागि कुनै विद्यालयसँग कुरा गरेकी छैन्। सरकारले सबै निकायसँग छलफल गरेर एउटा निर्णयमा पुगेको भए हामीलाई सहज हुन्थ्यो।” अस्मिताले भनिन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने जसरी भएपनि यो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागू हुने स्पष्ट पारेका छन्।
नयाँ पाठ्यक्रम लागू भईसक्यो, यसमा कुनै विवाद छैन्ः मन्त्री पोखरेल
भदौं ३० गते आयोजित विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक कार्यक्रम मन्त्री पोखरेलले याँ पाठ्यक्रमअनुसार काम गर्न सबैलाई आग्रह गरेका छन्।
“कक्षा ११ को पाठ्यक्रम सबै विद्यालयमा लागू गर्ने निर्णय भइसकेको छ,” मन्त्री पोखरेलले भने, “कोभिडका कारण नयाँ सिराबाट अगाडि बढ्नुपर्नेछ। सरकारले नयाँ पाठ्यक्रम अनुसार नै तयारी गरेको छ। सोही नीति लागू गर्न संघ संस्थाले ध्यान दिनुपर्छ।”
उनले नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन हुने भन्दै विद्यार्थीहरूलाई अन्योलमा नपर्न आग्रह गरे।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कक्षा ११ मा पुरानै पाठ्यक्रम अनुसार पठनपाठन भए विद्यार्थी समस्या पर्ने बताए।
“राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रम अनुसार नै परीक्षा लिन्छ। यदि विद्यार्थीहरू पुरानो पाठ्यक्रम अनुसार पढ्छन्, भने उनीहरूलाई परीक्षामा समस्या हुनसक्छ।” प्रवक्ता शर्माले भने।
तर, विद्यालयहरूले कोरोना महामारीका बेला नयाँ पाठ्यक्रम लागू गराउन नसकिने जनाउँदैं आाएका छन्। त्यही अनुसार उनीहरूले पुरानै पाठ्यक्रम अनुसार भर्ना खोलेका हुन्।