नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।

इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो।

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।

सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ। रासस