काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा एकजनाको मृत्यु र १५ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
“२४ घण्टामा उपत्यकामा १५ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ट्राफिक प्रहरीका अनुसार बितेको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी अत्यावश्यक तथा खाद्यान्न बोकेका २ हजार ७९७ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ३ हजार १२५ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।
आज बिजोर गतेका दिन चलाएका १३७ वटा जाेर नम्बर प्लेटका सवारीसाधनलाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा होल्ड गरेको छ। जसमा १०५ वटा दुई पाङग्रे र ३२ वटा चार पाङग्रे सवारीसाधन रहेका छन्।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ वटा सवारी दुर्घटना भएका छन्।ती दुर्घटनामा एकजनाको मृत्यु र १५ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

">