काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आज देशभरका विद्युत महसुल संकलन काउन्टर बन्द गर्ने भएको छ।
विश्वकर्मा पूजाका कारण प्राधिकरणले एकदिनका लागि काउन्टर बन्द गर्ने निर्णय गरेको हो।
‘‘विश्वकर्मा पूजाको दिन यस प्राधिकरणका सम्पूर्ण आय संकलन काउन्टरहरु बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’’ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले भनेको छ।
निर्देशनालयले भोलिबाट महसुल काउन्टर नियमितरूपमा सञ्चालन गर्ने जानकारी दिएको छ।
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आज देशभरका विद्युत महसुल संकलन काउन्टर बन्द गर्ने भएको छ।विश्वकर्मा पूजाका कारण प्राधिकरणले एकदिनका लागि काउन्टर बन्द गर्ने निर्णय गरेको हो।

">