राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटनको पनि ६ साता भएको छ।
अगस्ट ४ को त्यो घटनापछि लेवनान लगातार चर्चामा रह्यो, तर यस पछाडिको कारण कुनै पनि अर्थमा सुखद थिएन।
लेवनानले यस विष्फोट हुनु पछाडि को जिम्मेवार हो, किन यस्तो स्थिति आयो, त्यसको ठोस निर्क्याेल पनि गर्न सकेको छैन। तय छ, यो विष्फोटले पुर्याएको क्षतिको चोट कहिले पनि पुरिने छैन। त्यस घटनामा परेर दुई सय जनाले ज्यान गुमाएका थिए।
त्यत्तिकै संख्यामा हराइरहेकाको अहिलेसम्म अत्तोपत्तो छैन। घाइते हुनेको संख्या मात्र ६ हजार थियो, अनि तीन लाख भन्दा बढी बेघर भए।
विष्फोटका कारण सबैले केही न केही गुमाएका छन् र ती सबैले त्यहाँका तिनै राजनीतिज्ञ र राजनीतिलाई सरापी रहेका छन्। सबैभन्दा बढी विद्रोही भावना र चरम आक्रोश अहिले कतै छ भने त्यो लेवनानमै छ, बेरुतमै छ।
अमोनियम नाइट्रेटको २ हजार ७५० टन बेरुत बन्दरगाहमा राखिएको थियो र यो नै विष्फोट भएको थियो। विष्फोट भएयता लेबनान केही हदसम्म सम्हालिने स्थितितर्फ अग्रसर छ, आखिरमा सामान्य जीवनतर्फ नफर्केर पनि कहाँ सुख पाइन्छ र ? तर त्यहाँका जनतामाझ राजनीति प्रति चर्को वितृष्णा फैलिंदैछ।
जनताले हाकाहाकी आरोप लगाउन थालेका छन्, लेबनानको यो दयनीय हालतका लागि कोही जिम्मेवार छ भने त्यो त्यहाँको राजनीतिज्ञ हो, अनि राजनीतिक व्यवस्था। अहिले बेरुतमा दिनहुँ जस्तो प्रदर्शन चलिरहेको छ।

अब त सबैले भन्न पनि थालेका छन्, लेबनान अब असफल देश भइसक्यो नै, अब पनि त्यहाँ राजनीतिक परिवर्तन भएन भने यो देश विश्व मानचित्रबाट हराएर जान बेर छैन।
कम्तीमा यस्तो स्थिति नआए पनि कसैले पनि लेबनान भन्ने पनि देश छ भनेर सम्झने छैनन्। वास्तवमै किन यस्तो स्थिति आयो त ? सन् १९४३ मा फ्रान्सको उपनिवेशबाट मुक्त भएर स्वतन्त्र भएको लेवनान लामो समयसम्म समृद्ध देशकै रूपमा रह्यो, मध्यपूर्वमा लेवनानलाई उदाहरणका लागि प्रस्तुत गरिन्थ्यो।
त्यहाँ सन् १९७५ देखि १९९० सम्म गृहयुद्ध चलेको थियो र त्यसयता यो कहिले पनि उँभो लाग्न सकेन। राजनीतिज्ञहरू आफ्नै स्वार्थमा मात्र अल्झे र तिनीहरू चरम भ्रष्टाचारमा लिप्त भए।
प्रत्येक समुदायको भागमा एक/एक ठूलो राजनीतिक पद हुने गर्छ। जस्तो, इसाइ धर्मको पनि एक खास सम्प्रदायको प्रतिनिधि मात्र लेबनानको राष्ट्रपति हुन पाउँछ।
सिरियामा चलेको युद्धले लेबनानलाई अझ नकारात्मक असर पुर्यायो। विष्फोटन हुन अगाडि नै त्यहाँ प्रदर्शनहरू सुरु भइसकेको लामै समय भइसकेको थियो। देशको आर्थिक स्थिति जर्जर थियो, अनि युवाले आफ्नो देशमा कुनै सम्भावना देख्न छाडेका थिए।
ठीक यही बेला विष्फोटको घटना भयो। वास्तवमै त्यहाँको राजनीतिक स्थितिको सबैभन्दा ठूलो दोष के हो त ? अन्य खाडी देशमा जस्तो लेबनानमा एक स्थायी सरकार हुने गरेको छैन।
बरू त्यहाँको राजनीतिक शक्तिको बाँडफाँड निकै जटिल छ। यो यसरी एकआपसमा जेलिएको छ कि यसले कहिले पनि समस्याको निकास नै दिन सक्दैन। ठ्याक्कै भन्दा लेबनानमा सरकारी तवरबाटै मान्यता प्राप्त १८ फरक-फरक धार्मिक समुदाय छन्।

अनि प्रधानमन्त्री बन्ने अधिकार खाली सुन्नी मुसलमानसँग छ। सिया मुसलमान पनि के कम र ? यो समुदायको भागमा संसदीय सभामुखको पद परेको छ। यो सूची बनाउने हो भने लामो छ र यी सम्प्रदाय फेरि एकआपसमा कहिले पनि मिल्दैनन्, अझ सुन्नी र सियाबीच नै चर्को द्वन्द्व छ।
इसाइ धर्मभित्र पनि लेबनानमा फरक-फरक मत राख्नेहरू उत्तिकै छन्। लेबनानको कुल जनसंख्याको ५४ प्रतिशत मुसलमान छन् भने ४१ प्रतिशत इसाइ। अब यस्तो राजनीतिक प्रणालीबाट कतै देशको विकास हुन सक्छ र ? अहिले चलिरहेको आन्दोलनको माग यही हो, यो राजनीतिक संरचनालाई भत्काउनु पर्यो।
लेबनानलाई लिएर विश्व शक्ति केन्द्रहरू पनि खुबै सलबलाई रहेका छन्। लेबनानले कहिले ठीक निकास पाउने हो, त्यो कतै अझै धेरै टाढा रहेको भान हुन्छ। - एजेन्सीको सहयोगमा
" /> राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटनको पनि ६ साता भएको छ।अगस्ट ४ को त्यो घटनापछि लेवनान लगातार चर्चामा रह्यो, तर यस पछाडिको कारण कुनै पनि अर्थमा सुखद थिएन।

">