चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो स्थानमा आज बिहान साढे ४ बजे बजे पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ। बिहानैदेखि सडक सफा गर्न शुरू गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सँयौ सवारीसाधन बाटोमा रोकिएका छन्। हिजो बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। पटक-पटक पहिरो खसेर सो सडक अवरुद्ध हुँदै आएको छ।
" /> चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो स्थानमा आज बिहान साढे ४ बजे बजे पहिरो खसेको हो।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ। बिहानैदेखि सडक सफा गर्न शुरू गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सँयौ सवारीसाधन बाटोमा रोकिएका छन्। हिजो बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। पटक-पटक पहिरो खसेर सो सडक अवरुद्ध हुँदै आएको छ।
">