पेट्रोलियम पदार्थमा मिसावट गर्ने दुई चालकविरुद्ध कालो बजारमा मुद्दा
<p>काठमाडौं । पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २६ वर्षीय राजेश विश्वकर्मा र २९ वर्षीय सन्तोष खड्का रहेका छन्।</p>
<p>जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विश्वकर्मा ना.७ ख ३९२३ नम्बरको ट्याङकरका चालक र खड्का ना.७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक हुन्। </p>
<p>अमलेखगञ्ज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्याङकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरूले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएको प्रहरीले जनाएको छ।</p>
<p>त्यसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
