नेपाल प्रहरीमा रिक्त विभिन्न पदको परीक्षा तालिका प्रकाशन <p>काठमाडौं। नेपाल प्रहरीमा रिक्त विभिन्न पद खुल्ला प्रतियोगिताद्वारा समावेसी प्रावधान अनुसार पूर्तीका लागि प्रहरी प्रधान कार्यालयले पुन:&nbsp;परीक्षा तालिका प्रकाशन गरेको छ।</p> <p>२०७६ भदौ ६ र माघ १ गते प्रकाशित विज्ञापन अनुसार सञ्चालन गरिने परीक्षाको तालिका सम्बन्धी विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।</p> <p>विज्ञापन अनुसारका जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूहतर्फको प्रहरी जवान पदहरूका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती र जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षा तालिका कोरोना भाइरसका कारण स्थगन भएको थियो।</p> <p>तर, बुधबार पुनः प्रकाशन गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्