काठमाडौं। काठमाडौं उपत्यकामा अब निषेधाज्ञा थप नहुने भएको छ। मन्त्रिपरिषद्ले नै दैनिक गतिविधि नियमिततर्फ फर्काउन निर्णय गर्दै अघि बढेकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अब निषेधाज्ञा लगाउने छैनन्। उपत्यकामा लगाइएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ।
निषेधाज्ञा नहुने भएसँगै अब जोरबिजोर प्रणाली अनुसार यातायातका साधन चलाउने नियममा पनि फेर बदल गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले आज छुट्टाछुट्टै सूचना जारी गरी यातायातका साधन चलाउने नियममा सामान्य फेरबदल गरिएको जानकारी दिएका हुन्। तीनै प्रशासनको सूचनामा भनिएको छ- ''...सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्ने/गराउने गरी जोर/बिजोर प्रणालीअन्तर्गत संचालन गर्नुपर्नेछ। तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबैप्रकारका ढुवानीका साधनको हकमा जोर/बिजोर लागू हुनेछैन।''
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हस्ताक्षरमा सूचना जारी भएको छ। देखापढीसँगको कुराकानीमा भने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यातायात संचालनका सम्बन्धमा सूचनामा नसमेटिएको थप जानकारी दिएका छन्। दाहालले भनेका छन्-'' जोर/बिजोर प्रणाली यथावत नै छ। तर काठमाडौंबाट बाहिरिने र यहाँ आउने लामो दूरीको यातायातका साधनमा यो नियम लागू हुनेछैन।''
भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले जोरविजोर प्रणालीमा मात्र यातायात चलाउन पाइने निर्णय गरेका थिए।
यसअघि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले देखापढीलाई जनाएअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेका हुनाले अब उपत्यकाका प्रशासनले थप निर्णयहरु गरिरहन पर्दैन। थप निर्णय नगरिसकेपछि अब उपत्यकामा निषेधाज्ञा रहने छैन। जोरबिजोर प्रणाली पनि स्वत: समाप्त हुनेछ। तर भक्तपुर प्रशासनले नै जारी गरेको सूचनामा पनि जोरबिजोर प्रणाली पूर्णरुपमा नहटेको उल्लेख छ।
ललितपुर प्रशासनले राति करिब ९ बजेमात्र सूचना प्रकाशित गरेर जोरबिजोर प्रणालीबारे जानकारी दिएको हो। भोलिदेखि के हुने हो भन्नेबारे अघिल्लो दिन साँझसम्म पनि केही जानकारी नपाउँदा सर्वसाधारणमा अन्योलता बढेको थियो।
सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै भोलिदेखि यातायातका साधन चलाउने निर्णय सोमबार गरेको थियो। सरकारको निर्णयमा जोर/बिजोर प्रणालीबारे केही उल्लेख छैन।
(यो समाचार संशोधन गरिएको हो। यसअघि भक्तपुरका प्रमुख जिल्ला अधिकारीले दिएको सूचनाका आधारमा काठमाडौं उपत्यकामा यातायातका साधनमा जोर/बिजोर प्रणाली हटेको समाचार प्रकाशित भएको थियो।)
" /> काठमाडौं। काठमाडौं उपत्यकामा अब निषेधाज्ञा थप नहुने भएको छ। मन्त्रिपरिषद्ले नै दैनिक गतिविधि नियमिततर्फ फर्काउन निर्णय गर्दै अघि बढेकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अब निषेधाज्ञा लगाउने छैनन्। उपत्यकामा लगाइएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ।निषेधाज्ञा नहुने भएसँगै अब जोरबिजोर प्रणाली अनुसार यातायातका साधन चलाउने नियममा पनि फेर बदल गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले आज छुट्टाछुट्टै सूचना जारी गरी यातायातका साधन चलाउने नियममा सामान्य फेरबदल गरिएको जानकारी दिएका हुन्। तीनै प्रशासनको सूचनामा भनिएको छ- ''...सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्ने/गराउने गरी जोर/बिजोर प्रणालीअन्तर्गत संचालन गर्नुपर्नेछ। तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबैप्रकारका ढुवानीका साधनको हकमा जोर/बिजोर लागू हुनेछैन।''

">